१० भदौ २०८३, बुधबार | August 26, 2026

सिमावर्ती जिल्लामा कोरोना घट्दै, पहाडी जिल्लामा थपिंदै, गुल्मीमा थपिए ३७ संक्रमित



गुल्मी । सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको संक्रमण घट्दै जांदा मध्य पहाडी जिल्लाहरुमा संक्रमण पुष्टि हुने क्रम रोकिएको छैन । बिगत २४ घण्टामा गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका बिभिन्न स्थानीयतहमा ३७ जनाको संक्रमण पुष्टि भएको हो । जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ शर्माले बताए ।

संक्रमितहरुलाई पायक पर्ने आईसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी प्रसाद शर्माले बताए । तेस्रो मुलुकबाट फर्कने क्रम बढेकाले पहाडी जिल्लाहरुमा संक्रमण बढेको उनको भनाई छ ।

गुल्मीमा २४३ आईसोलेसनमा ३२९ बेड क्षेमताको आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रदेश ५ को बांके, कपिलवस्तु लगायतका जिल्लाहरुमा संक्रमितहरुको थपिने संख्या घट्दै गएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : २९ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न