१६ असार २०८३, मंगलबार | July 1, 2026

सन्दीपको उत्कृष्ट प्रदर्शनसंगै कतारविरुद्ध नेपालको सानदार जित, समूह विजेता बन्दै सेमीफाइनलमा



काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो ।

समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए । अन्य सबै ब्याट्सम्यानको प्रदर्शन कमजोर रहँदा नेपाल १५७ मा समेटिएको थियो ।

१५८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कतारका खेलाडी नेपाली बलरको धारिलो बलिङका सामु टिक्न सकेनन् । एकपछि अर्को विकेट गुमाउँदै गए र २५.५ ओभरको समाप्तिमा सम्पूर्ण विकेट गुमाउँदै कतार ८९ रनमा समेटियो ।

नेपालका तर्फबाट लामिछानेले ५, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ३० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी