१३ माघ २०८२, मंगलबार | January 27, 2026

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदैछन् ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

माओवादीबाट सरकारमा पठाउनेहरुको नाम टुंगो नलागेको संसदीयदलका नेता जोख बहादुर महराले बताए । ‘छलफल मै छौं, सपथको समय अघि टुंगो लागे केही साथीहरुले सपथ लिनुहुन्छ, अन्यथा मुख्यमन्त्रीको मात्र सपथ हुन सक्छ ।’ उनले भने ।

उनले आधाआधा कार्यकालको सहमति भएको पनि बताए । आधाआधाको सहमति लिखित कि मौखिक ? भन्ने खबरकुराको प्रश्नमा नेता महराले आफुहरुले राजनीतिमा देखिएको फोहरी खेललाई सफा गर्न खोजेको भन्दै इमान्दारितामा लिखित वा मौखिकको भन्दा नैतिकताको महत्व हुने बताए । ‘लिला गिरीसँग पनि आधाआधा भनेकै होनी, तर कार्यकाल नै पुरा भएन ।’ उनले भने ।

यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : १४ बजे

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट