४ भदौ २०८३, बिहिबार | August 20, 2026

एसिसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुदैँ



काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुदैँछ ।  एसिसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल वर्षाका कारण रोकिन पुगेपछि आज बाँकी खेल हुन लागेको हो  ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो । नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।

तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि वर्षा रोकिन छाँटकाट नदेखिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १-१ विकेट लिए पछि युएई दबाबमा परेको थियो  ।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६-९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि सोमवारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४ औँ र युएई १९ औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ४६ बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।