१० भदौ २०८३, बुधबार | August 27, 2026

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवस २०८० को अवसरमा आम श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्तितसमेत व्यक्त गरेका छन ।

उनले भनेका छन, “समाचारमूलक पहिलो पत्रिका गोरखापत्र प्रकाशनको अवसर पारेर सुरु गरिएको राष्ट्रिय पत्रकारिता दिवस आम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीका लागि आफ्नै राष्ट्रिय पर्वका रुपमा विकास हुन् सकोस् भन्ने कामना पनि गर्दछु ।”

उनले राष्ट्रि«य पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताको जीउँदो इतिहास गोरखापत्रलाई १२३ औँ स्थापना दिवसको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन ।

उनले नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय भएको बताउँदै सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाका कारण संविधानमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको पुनः स्मरण गराएका छन ।

“आम रुपमा नेपाली पत्रकारिता क्षेत्रले समाजका बेथिति, विसङ्गति तथा विकास, सुशासन र समृद्धिका पक्षमा खेलेको भूमिका बिर्सन सकिँदैन, द्वन्द्व, आन्दोलन, प्राकृतिक विपत्, महामारीका बीचमा पनि नेपाली पत्रकारले सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ”, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट