२ पुस २०८२, बुधबार | December 18, 2025

सतबाँझ-श्रीभावर-हाट सडक निर्माण तीव्र



बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ-श्रीभावर-हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ-श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए । यसअघि छ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याटबाहेक रु ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । गाडागाउँदेखि कठेगौँडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसका साथै कठेगौँडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि रु १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ । यसका साथै श्रीभावर-हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।

प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रुपमा प्रयोग हुनेछ । साथै भारतीय सीमानाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुने भएकोले व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्टले बताए ।

आर्थिक वर्ष २०५५/५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि प्रदेश सरकार आएपछि गति लिएको छ । शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो । लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल