१३ बैशाख २०८३, आइतबार | April 27, 2026

एसिया कप पाकिस्तानबाट श्रीलंकामा सार्ने तयारी



काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै श्रीलंकामा आयोजना हुने सम्भावना बढेको छ । बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त कुरा उल्लेख गरेको छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले उक्त निर्णयको समर्थन गरेका छन् । प्रतियोगिता हुने स्थानको अन्तिम निर्णय यही महिनाको अन्तिममा भइसक्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा पाकिस्तानको सहभागिता हुने कुरामा भने आशंका सिर्जना भएको छ ।पाकिस्तानमा नगरिए बहिष्कार हुने सक्ने सम्भावना देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता पाकिस्तानमा गर्ने कुरामा जोड दिइरहेको छ । तर श्रीलंकामा गर्ने कुरामा बीसीसीआईले एसीसीका अन्य सदस्य राष्ट्रहरूको समर्थन पाएको दाबी भारतीय सञ्चार माध्यमको छ । त्यसकारण उक्त निर्णयको औपचारिकता मात्रै बाँकी रहेको बताइएको छ ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि पीसीबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडेल प्रस्ताव गरेको थियो । भारतको खेल मात्र दुबईमा आयोजना हुने बताइएको थियो । तर त्यसलाई समेत स्वीकार गरिएको छैन ।

एसीसी सदस्यमध्ये ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिएको छ । तर परिस्थितिलाई ध्यानमा राख्दै श्रीलंकालाई सही गन्तव्य मानिएको छ ।

दुबईले सेप्टेम्बर महिनामै सन् २०१८ को एसिया कप आयोजना गरेको थियो । असाध्यै गर्मीका कारण खेल्न मुश्किल परेको गुनासो खेलाडीहरुले गरेका थिए ।

एसीसीले आगामी हप्ताहरूमा अन्तिम निर्णयमा पुग्ने तयारी गरेको छ । श्रीलंकामा प्रतियोगिता सारिएको असर भने आगामी विश्वकपमा समेत देखिन सक्ने बताइएको छ । भारत आयोजक रहेको विश्वकपमा पाकिस्तानको सहभागिता नहुन सक्ने अनुमान गरिएको छ ।

नेपालले पनि यस पल्ट एसिया कप खेल्दैछ । एसीसी पुरुष प्रिमियर लिगको विजेता बन्दै नेपालले आफ्नो स्थान पक्का बनाएको हो । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । अफगानस्तान, बंगलादेश र श्रीलंका गरी ६ देशले खेल्दैछन् । प्रतियोगिता भएमा नेपालले पहिलोपल्ट खेल्ने अवसर पाउनेछ । यसअघि पनि छनोट भएको थियो तर प्रतियोगिता नहुँदा खेल्न पाएको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : १८ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र