४ पुस २०८२, शुक्रबार | December 20, 2025

यौन उत्पीडनको आरोपमा ट्रम्पलाई ५ मिलियन डलर जरिवाना



न्युयाेर्क । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलले ५ मिलियन डलर क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको छ । सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपुर्ति दिन आदेश दिएको हो । यो एउटा सिभिल अदालतले गरेको फैसला हो ।

अलजजिराका अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झूटो भन्दै बदनाम गरे । संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हाे

बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।

यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

छ जना पुरुष र तीन महिलाको निर्णायक मङ्गलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेको हो ।

‘आज, संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ,’ सुश्री क्यारोलले फैसला पछि लिखित बयानमा भनिन ‘यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ७ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको