५ पुस २०८२, शनिबार | December 20, 2025

आजपनि तीन पार्टी प्रमुखको भेटघाट सिंहदरबारमा



काठमाडौं । धमाधम् भुटानी शरणार्थी प्रकरणमा दलका ठुला नेताहरु प्रहरी नियन्त्रणमा पुगेसँगैतीन प्रमुख दलका अध्यक्षहरुको भेटघाट पनि बाक्लो हुँदै गएको छ । आज पनि प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजपनि छलफलमा जुटेका छन् ।

टीआरसीबारे छलफल गर्ने एजेण्डा भनिएपनि भुटानी शरणार्थी प्रकरण चर्केका बेला लगातारको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

समान्यतया प्रधानमन्त्री भेट्न बालुवाटार र सिंहदरवार नजाने गरेका एमाले अध्यक्ष ओली दिनहुँ बालुवाटार पुग्ने गरेका छन् भने पार्टीको बैठक समेत निजी निवासमा गर्न रुचाउने कांग्रेस सभापति देउवा पनि लगातार बालुवाटार धाउने गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई प्रतिनिधिसभा बैठकमा पनि शंकाको दृष्टीबाट हेर्दै सांसदहरुले प्रश्न उठाउका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ०५ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन