२३ असार २०८३, मंगलबार | July 7, 2026

टीआरसी विधेयकमा सहमति खोज्न देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। प्रचण्डले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो छलफल गरेपछि कांग्रेस सभापति देउवासँग झण्डै ४० मिनेट छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने सवालमा टुंगो लाग्न बाँकी रहेको विषयमा साझा सहमति खोजिएको थियो ।

संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको बैठक आजै बस्दैछ । सोही बैठकमा सहमति जुटाएर संसदको पूर्ण बैठकमा पेश गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले दुई नेतासँग छलफल गरेका हुन् ।

टीआरसी विधेयकमा एमालेले चार मुख्य विषयमा आफ्नो असहमति रहेको जनाउँदे आएको छ । यद्यपी, एमालेले यो विधेयकलाई आफ्नो बार्गेनिङ प्वाइन्टको रुपमा राखेको भन्दै आलोचना पनि भैरहेको छ । किनकी, टीआरसी विधेयकमा सकेसम्म सबै दलहरुको साझा सहमति आवश्यक मानिएको छ । सहमति नै हुन नसक्ने अवस्थामा भने बहुमतबाट भएपनि टुंगो लगाउनुपर्नेमा सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुको मत रहेको छ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : २८ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै