२६ बैशाख २०८१, बुधबार | May 8, 2024

एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय कमिटी बस्ने



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक जारी छ ।

पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रिय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाईएको हो ।

गत बिहिवारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार बिभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेश गरी पारित गरिनेछ ।

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।

सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०९ बजे

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया,