२९ मंसिर २०८२, सोमबार | December 15, 2025

उपाधि होडमा रियल मड्रिड थप बलियो, बार्सिलोनासँग कायम गर्यो चार अंकको अग्रता



काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा आफूलाई थप बलियो बनाउँदै लगेको छ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा गेटाफेमाथि अति संघर्षपूण खेलमा जित निकाल्दै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १ ० ले पराजित गरेको हो । रियलको जितमा ७९ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ ।

अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियल मड्रिडले सन् २०१२ पछि दोस्रोपटक उपाधि जित्ने छ ।

लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा ओसासुनाले एइबरलाई २-० तथा रियल सोसिडाडले स्पानियोललाई २-१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती