११ असार २०८३, बिहिबार | June 25, 2026

उपाधि होडमा रियल मड्रिड थप बलियो, बार्सिलोनासँग कायम गर्यो चार अंकको अग्रता



काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा आफूलाई थप बलियो बनाउँदै लगेको छ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा गेटाफेमाथि अति संघर्षपूण खेलमा जित निकाल्दै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १ ० ले पराजित गरेको हो । रियलको जितमा ७९ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ ।

अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियल मड्रिडले सन् २०१२ पछि दोस्रोपटक उपाधि जित्ने छ ।

लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा ओसासुनाले एइबरलाई २-० तथा रियल सोसिडाडले स्पानियोललाई २-१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४१ बजे

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको