६ श्रावण २०८३, बुधबार | July 22, 2026

रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका-९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्‍दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ०५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको