५ पुस २०८२, शनिबार | December 20, 2025

आईपीएल : मुम्बईमाथि लखनउको रोमाञ्चक जित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको १७८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन मात्र बनाएपछि खेल ५ रनले हारेको हो ।

मुम्बईका लागि इशान किशनले सर्बाधिक ५९ रन बनाए भने कप्तान रोहित शर्माले ३७, टिम डेभिडले अविजित ३२, नेहाल वाढेराले १६ रन बनाएका थिए । त्यस्तै लखनउका बलर यश ठाकुर र रवि विश्नोईले २-२ विकेट लिए भने मोशिन खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाउदै १७७ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले आक्रामक ब्याटिंग गर्दै ४७ बलमा अविजित ८९ रन बनाएका थिए । त्यस्तै कप्तान क्रुनाल पाण्डेयले ४२ खेलमा ४९ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । त्यस्तै क्वेंटन डिककले १६ रन बनाए ।

त्यस्तै मुम्बईका बलर जासन बेहरेनडोर्फ़ले २ विकेट लिए भने पियुष चावलाले एक विकेट लिए । यो जितपछि लखनउको १३ खेलमा १५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा झरेको छ ।

आईपीएलमा बुधबार साँझ पन्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल हुँदैछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : २२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता