४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल : बैंगलोरसँग हैदरावाद ८ विकेटले पराजित



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।

सनराइजर्सले दिएको १८७ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

बैंगलोरको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६३ बलमा १०० रन बनाएर आउट भएका थिए । विराटले आइपिएलमा बनाएको यो छैटौं शतक हो । उनले क्रिस गेलले बनाएको ६ शतकको रेकर्डको बराबरी गरेका छन् ।
त्यस्तै कप्तान फाफ डु प्लेसिसले ७१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिच क्लासेनले शतकीय पारी खेलेका थिए । क्लासेनले ५१ बलरमा १०४ रन बनाएका थिए । त्यस्तै ह्यारी ब्रुकले २७, कप्तान एडेन मार्क्रमले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाएका थिए ।

त्यसैगरी मिचेल ब्रासवेलले २ विकेट लिए भने मोहमद सिराज, शहबाज अहमद र हर्षल पटेलएल एक एक विकेट लिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलोरको १३ खेलमा १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । यो जितपछि बैंगलोरको प्लेअफको सम्भावना कायमै रहेको छ । त्यस्तै प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको यस सिजनमा यो नवौं हार हो । सनराइजर्सको १३ खेलमा ८ अंक रहेको छ ।

आईपीएलमा आज पन्जाव किङ्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल धरमपुरमा शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको