८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल पत्रकार महासंघ रुपन्देहीमा सदस्यता शुद्धिकरण पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता



बुटवल । नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्ण रुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश समिति एंव पत्रकार सम्बद्ध संगठनका प्रतिनिधिहरुको शुक्रकार बसेको बैठकमा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको हो ।

बैठकमा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र सदस्य नविकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड २०८० पूर्ण पालना गर्ने प्रतिबद्धता सहित रुपन्देहीमा कार्यान्वयन गर्ने निर्णय भएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता शुद्धीकरण मापदण्ड अनुसार शुद्धीकरणका लागि सदस्यहरुको सूची तयार गर्न उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । सदस्यहरुमा उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात र सहसचिव विरेन्द्र कुँवर छन । उपसमितिले शुद्धिकरणमा पर्ने सदस्यहरुको सूची तयार पारेपछि पुन बैठक बसेर सामूहिक रुपमा निर्णय गर्ने जनाइएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारिता निष्कृय भएका, स्थायी रुपमा सरकारी सेवामा रहेका र मूल पेशा पत्रकारिता नबनाएकाहरुले स्वघोषणा गर्दा महासंघले सम्मान गर्ने समेत बताए । उनले लुम्बिनी प्रदेशका नवलपरासी, गुल्मी, पाल्पामा तिव्रताका साथ शुद्धिकरण अभियान चलेको बताउँदै रुपन्देहीले पत्रकारितामा राखेको गरिमा बचाउँदै शुद्धिकरण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष/सल्लाहकार डा. बालकृष्ण चापागाई, पूर्वअध्यक्ष/सल्लाहकार हरि लम्साल, पूर्व अध्यक्ष डिआर घिमिरे, पूर्व अध्यक्ष/सल्लाहकार शेरबहादुर केसी, निवर्तमान अध्यक्ष/सल्लाहकार यानेन्द्र जिसि, सल्लाहकाहरु दिनेश पाण्डे, माधव ढुंगानाले शुद्धिकरणलाई पूर्ण रुपमा पालना गर्नुपर्ने बताए । यस्तै नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका उपाध्यक्ष उषाकिरण पन्थ, जनपत्रकार संगठन रुपन्देहीका अध्यक्ष विनोद खनाल, प्रगतिशिल पत्रकार संघ, नेपाल रुपन्देहीका सचिव टेकराज भुसालले मूलपेशा पत्रकारिता नबनाएकाहरुलाई सदस्यताबाट हटाउदा आफुहरुले अवरोध नगर्ने बताए ।

बैठकले शुद्धीकरण मापदण्डमा परेका सदस्यहरुलाई स्व. घोषणा गरि सदस्यता त्याग गर्न अनुरोध समेत गरेको छ । सदस्यता त्याग गरि स्वघोषणा गर्ने सदस्यशरुलाई सम्मान गर्ने सचिव विनोद परियारले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : १५ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल