३० भदौ २०८३, मंगलबार | September 15, 2026

आईपीएल : हारसँगै प्लेअफको दौडबाट बाहिरियो पञ्जाब किंग्स



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ ।

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो ।

पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछाएको राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

यो हारसँगै पञ्जाब किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको १४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा आठौ स्थानमा रहदै यस सिजनको आइपिएलको यात्रा टुंगाएको छ ।

त्यसैगरी राजस्थान रोयलको १४ खेलमा १४ अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब राजस्थानको प्लेअफको यात्रा अन्य टिमको प्रदर्शनमा भरपर्ने छ । यद्यपी राजस्थानको प्लेअफको सम्भावना भने निकै कम रहेको छ ।

जारी आइपिएलमा अहिलेसम्म गुजरात टाइटन्स मात्र प्लेअफमा पुगेको छ भने पञ्जाबसहित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्लेअफको दौडबाट बाहिरिएका छन् ।

आजको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा भोलि मुम्बई तथा बेंगलोरको हारले राजस्थानको प्लेअफको ढोका खुल्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : १३ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध