२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आईपीएल : हारसँगै प्लेअफको दौडबाट बाहिरियो पञ्जाब किंग्स



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ ।

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो ।

पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछाएको राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

यो हारसँगै पञ्जाब किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको १४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा आठौ स्थानमा रहदै यस सिजनको आइपिएलको यात्रा टुंगाएको छ ।

त्यसैगरी राजस्थान रोयलको १४ खेलमा १४ अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब राजस्थानको प्लेअफको यात्रा अन्य टिमको प्रदर्शनमा भरपर्ने छ । यद्यपी राजस्थानको प्लेअफको सम्भावना भने निकै कम रहेको छ ।

जारी आइपिएलमा अहिलेसम्म गुजरात टाइटन्स मात्र प्लेअफमा पुगेको छ भने पञ्जाबसहित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्लेअफको दौडबाट बाहिरिएका छन् ।

आजको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा भोलि मुम्बई तथा बेंगलोरको हारले राजस्थानको प्लेअफको ढोका खुल्नेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : १३ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले