२१ माघ २०८२, बुधबार | February 5, 2026

असिनापानीले अन्नबालीमा क्षति



बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ ।

हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका-७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे। उनले भने, “असिनापानीले गहुँ, जौँ, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।”

खप्तड छेडेदह-६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् । असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए । उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

क्षतिको विवरण सङ्कलनमा सुरसार छैन

असिनापानीले खप्तड छेडेदह-६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण सङ्कलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन् ।

असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण सङ्कलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताए ।

क्षतिको विवरण सङ्कलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ । असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण सङ्कलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन ।

खप्तड छेडेदह-६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब रु दुई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

गाउँपालिका-७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिक सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पु¥याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताए ।

वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ३९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता