७ पुस २०८२, सोमबार | December 22, 2025

बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ



सुनसरी । १६ बर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार  पछि  हत्या गरेर १६ वर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्विकार गरेका छन् ।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्विकार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ०३ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि