३ चैत्र २०८२, मंगलबार | March 17, 2026

राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नैतिक धरातलबाट सोच्दा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको दाबी गरेका हुन् ।

गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने भन्दै उनले सत्ता र प्रतिपक्षी दलबाट समर्थन पाएको सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न मौलिक विशेषता पाउने दोहोर्‍याए ।

नीति तथा कार्यान्वयन पक्षलाई जोड दिएको पनि बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट कार्यान्वयन सम्भव रहेको बताए ।

राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुद्धृढीकरण, अर्थतन्त्रको संरचना पुनसंरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएर सम्बोधन गरिएको बताए ।

उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : ५१ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक