१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित



पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले आज एक विज्ञप्ति जारी गरी पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् । स्थगित गरिनुको कारण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
मुख्यमन्त्रीको यो सम्मेलन दोस्रोपटक हुन लागेको हो । यसअघि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको बैठकले नौबुँदे घोषणापत्र जारी गरेको थियो । भेलाले विभिन्न  निर्णयहरू गरेको थियो। तर, निर्णय गरेको पाँच वर्ष हुन लाग्दासमेत भेलाले गरेका निर्णयहरू हालसम्म कार्यान्वयन भएका छैनन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ५७ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन