१ पुस २०८२, मंगलबार | December 16, 2025

५०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : ५८ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि