८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

जनमत पार्टीका दुई सांसदलाई निष्काशन गर्न केन्द्रीय समितिको सिफारिस



काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।

उनले भने, “उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।” पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।

सोनु मुर्मुले पार्टीको निर्देशन अटेर गर्दै आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेपछि कारबाही गरिएको जनमतको उच्च स्रोतले दाबी गरेको छ ।

ुपार्टीले आफन्त, नातागोतालाई स्वकीय नराख्नू भनेर स्पष्ट निर्देशन दिइसकेको अवस्थामा उहाँले अटेर गरेर श्रीमानलाई स्वकीय राख्नुभयो। सांसदका रूपमा जस्तो भूमिका खेल्नुपर्थ्यो, त्यसमा पनि कमीकमजोरी रह्यो,ु स्रोतले भनेको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ४३ बजे

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण