४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक, मोदीसँग उच्चस्तरीय भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका प्रकाशित भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतीय विदेशमन्त्रालयले एकै समयमा भ्रमण तालिका सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । आर्थिक वर्षको बजेट पेश भएको पर्सिपल्टै हुन लागेको भ्रमण जेठ २० गतेसम्म हुनेछ । गत पुसमा प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको साथमा उच्चस्तरीय प्रतिनिधिमण्डल रहने जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारी भेट गर्नेछन् । यस्तै समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय साझेदारीका विविध विषयमा महत्वपूर्ण छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अन्य भारतीय विशिष्ट व्यक्तिले समेत भेट गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले औपचारिक कार्यक्रममा अतिरिक्त उज्जैन र इन्दौर भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ।

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : ३२ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह