११ भदौ २०८३, बिहिबार | August 28, 2026

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार भएको द्विपक्षीय प्रतिनिधिमण्डलबीचको वार्तापछि सम्झौता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सो सम्झौता सार्वजनिक गरिएको छ । सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्दै नयाँ सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याएको बताएका छन् ।

सम्झौतामा नेपाल भारत पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति भएको छ । यसैगरी नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सम्झौता भएको छ ।

त्यस्तै, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने र तल्लो अरुणको पीडिए गर्ने सम्झौता पनि भएको छ । यसैगरी क्रस बोर्डर पेमेन्स सिस्टम सुरु गर्ने सम्झौता पनि भएको छ ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ४९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि