८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर स्वदेश फिर्ता



काठमाडौ । चार दिने भारत भ्रमण पुरा गरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केका छन् । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको चार दिवसीय मैत्रीपूर्ण भ्रमण सम्पन्न गर्दै प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्केका हुन् ।

उनी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् । । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए । भने आज सूचना प्रविधिको विकास र तथा फोहर व्यवस्थापनको उज्जैनको प्रगतिको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ०२ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत