१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाई हुदैँ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथी परेको मुद्धाको रिटमा आज सुनवाई हुदैँछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुन लागेको हो । सो रिट गत शुक्रबार दर्ता भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका विधेयक असंवैधानिक भएकाले लागू नगर्न-नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।

तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणित गरेकी थिइनन । पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस-माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणिकरणका लागि दोस्रो पटक पुनः सो बिद्येयक शितल निवास पठाईएको थियो ।

त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि विवादको घेरामा परेको छ । नयाँ संसद आईसकेको अवस्थामा पुरानो संसदले पठाएको विधेयक प्रमाणिकरण गरेको भन्दै संसद लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् ।

सोही कदमको बिरोधमा शुक्रबार दर्ता भएको रिटमा आज सुनवाई हुन लागेको हो ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित