१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

म्यादमा काम नसक्ने ठेकेदारहरुको सरकारलाई चेतावनी : आयोजनाको म्याद नथपे सबै काम ठप्प पार्छौं



काठमाडौं । देशभर ठेकेदार कम्पनीको लापरवाही कारण निर्माणको काम अलपत्र परिरहेका बेला ठेकेदारहरुले आफुहरुले समयमा सम्पन्न नगरेको परियोजनाको म्याद नथपे देशभरका कामहरु ठप्प पार्ने धम्की दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफुहरुले समयमा पुरा गर्न नसकेका आयोजनाहरुको म्याद थप नगरे अन्य कामहरु पनि ठप्प पार्ने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा भएको सहमतिअनुसार सबै आयोजनाको म्याद थप यही असार ४ गतेभित्र नभए आफूहरु निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

उनले आगामी आर्थिक वर्षको बजेटमा विगत लामो समयदेखि आफूहरुले राख्दै आएको माग सम्बोधन नभएको बताए। अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई फेरि पनि खबरदारी गर्नु परेको स्पष्ट पारे।

महासंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए सबै निर्माण इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने जनाएको छ ।

महासंघले सरकारलाई आर्थिक भारलाई बढ्न नदिन र आयोजनाहरु अलपत्र हुने अवस्था आउन नदिन माग गर्दै व्यवसायीहरुको सो माग सम्बोधन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु परेको बताएको छ।

सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्ने र आयोजनाहरुको म्याद पनि थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताए।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : १० बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र