६ पुस २०८२, आइतबार | December 21, 2025

पत्रकार शुद्धिकरणमा रुपन्देहीमा किचलो : जिल्लाको शुद्धिकरणको प्रस्ताव प्रेस चौतारीबाट अस्वीकार



बुटवल । शुद्धिकरण अभियानमा केन्द्रीय नीतिलाई पालना नगरेको भन्दै पत्रकार महासंघ रुपन्देहीले गरिको शुद्धिकरणको सिफारिसलाई एमाले निकट पत्रकार संस्था प्रेस चौतारी रुपन्देहीले अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा प्रेस चौतारीले उठाएको दाबी गर्दै महासंघको केन्द्रले मापदण्ड बनाएर शुद्धिकरणको अभियान अगाडि बढाएकोमा धन्यवाद दिएको छ ।

बैठक पछि आज एक विज्ञप्ति प्रकाशित गर्दै चौतारीले महासंघ रुपन्देहीले ल्याएको प्रस्ताव एकपक्षीय, पूर्वाग्रही र गलत रहेको र केन्द्रीय मापदण्डलाई ठाडै कुल्चेर जिल्लामा शुद्धिकरण मापदण्डको नीति अपनाइएको आरोप लगाएको छ । महासंघ रुपन्देहीको प्रस्ताव विरुद्ध प्रेस चौतारी रुपन्देहीले चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ । महासंघको जिल्ला नेतृत्वलाई निर्णय सच्याउनका लागि ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र केन्द्रीय मापदण्ड अनुरुप निर्णय नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

महासंघको जिल्ला नेतृत्वले शुद्धिकरणभित्र राखेका ७७ जना मध्ये केही पत्रकारितामा क्रियाशिल रहेको र उस्तै प्रकृतिका पेशामा रहेका सदस्यहरुमध्ये केहीलाई केहीलाई शुद्धिकरणभित्र पारिएको र केहीलाई जोगाउने प्रपन्च रचिएको भन्दै प्रेस चौतारीले त्यो किमार्थ स्वकार्य नहुने बताएको छ । महासंघलाई शुद्धिकरण गरिनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी दृढ र प्रतिवद्ध रहेको भन्दै बैठकले यसका लागि महासंघको शुद्धिकरण समितिले तयार गरेको मापदण्डलाई मात्रै आधार मान्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १० : ०६ बजे

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु