२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक



बुटवल । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बुटवलको लुम्बिनी केबलकार चढ्दा टिकटमा १० प्रतिशत क्यासब्याक (छुट) पाउने भएका छन ।
बैंकले लुम्बिनी केबल कारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु १०० सम्म क्यासब्याक पाउनेछन् ।
यो योजना सीमित अवधिका लागि लागू रहने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय-समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन एवं राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रचण्ड गर्मीमा पनि एकैदिन चार हजारजना चढे केबलकार

यसैबीच प्रचण्ड गर्मीको प्रतिकूल मौसममा पनि लुम्बिनी केबलकार चढ्नेहरुको संख्या निरन्तर बढ्दो छ । शनिबार मात्रै करिब चार हजार जना केबलकार चढेका आयोजना प्रमुख गोकुल साउदले बताए । केबलकारको टप स्टेसन बसन्तपुरमा बुटवल भन्दा ५-७ डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी छल्न र कामाख्यादेवीको मन्दिर दर्शनका लागि केबलकार चढ्नेको भीड बढ्न थालेको साउदले बताए ।

प्रख्यात कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिकहरु समेत उल्लेख्य मात्रामा केबलकार यात्रा गर्न आउने क्रम बढ्दै गएको प्रालिले जनाएको छ ।

कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १० : ४१ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट