२० बैशाख २०८३, आइतबार | May 3, 2026

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् ।

सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको जवाफ दिँदै अर्थमन्त्री महतले निर्वाचन कार्यालय खारेज गर्ने र अधिकार कटौती गर्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका हुन् ।

‘७७ जिल्लाका निर्वाचन कार्यालय खारेज भयो भन्ने होइन । अब त्यो छुट्टै कार्यालय खारेज गर्ने भन्ने हामीले प्रस्ताव राखौँ । त्यो विषयमा निर्वाचन आयोगको भ्यु आयो । यो कार्यालय निरन्तर नै हुन्छ, त्यो कहाँनिर हुन्छ, कसरी हुन्छ, छलफलबाट टुंग्याउँछौँ,’ बैठकमा उनले भने, ‘यो निर्वाचन आयोगलाई खारेज गर्ने, अन्डरमाइन्ड गर्ने, त्यसको अधिकार कटौती गर्ने कुनै मनसाय हाम्रो छैन । हामी यही अधिकारको लागि लडेर आएको हौँ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ५ : ३१ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको