८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा



काठमाडौं । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।

उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो । रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १२ : १७ बजे

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका