३ पुस २०८२, बिहिबार | December 18, 2025

रानीपोखरी पुनर्निर्माणको काम धमाधम, तिहारसम्म खुल्ला गर्ने योजना



भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पूर्ननिर्माणको काम तिव्र गतिमा भइरहेको छ ।

पोखरीको पिँधमा कालो माटो र ईंटा ओच्छ्याउने काम सकिएको छ । पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो । पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको छ ।

२०७७ बैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लकडाउनका कारण केही प्रभावित भएको छ । पानी रहने पर्खाल र पिंधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ ।

पुनर्निर्मण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले पूर्ननिर्माणको काम सम्पन्न हुने करिब ३ महिना लाग्ने बताएका छनु । पोखरीको काम सकिएपनि धेरै मिहेनत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने शाक्यले बताए । उपभोक्ता समितिमार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बालगोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले जानकारी दिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम अहिले भइरहेको छ । सौन्दरयीकरण, विजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको छ । मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको सम्पदा विज्ञ मानन्धरको भनाई छ ।

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

सुरुमा पिँध निर्माणका लागि भक्तपुरबाट कालिगढ ल्याइएपनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगड समेत अहिले निर्माण कार्यमा सहभागी छन् । लकडाउन केही खुलुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन् ।

रानीपोखरीमा पानी अड्याउनका लागि महानगरपालिकाले पिंधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो अहिले पानी अड्याउनका लागि परम्परागत तरिका– कालो माटोको तह र पुरानो इँटा विच्छ्याइएको छ । शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पूर्ननिर्माण प्राधिकरण मार्फत उभोक्ता समितिले बनाइरहेको छ ।

विनाशकारी भूकम्पले क्षति पु¥याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाएपनि पोखरी भित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो । अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ ।

पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ । विस.स १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गर्नुभएको थियो । लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहेपनि पूर्ननिर्माण प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : २४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका