४ चैत्र २०८२, बुधबार | March 18, 2026

गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित



लुम्बिनी । रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ । बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षीसमेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाको भनाइ छ ।

“वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ”, सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भने, “अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाजसमेत प्रभावित छ ।” यही जेठ ३१ गते बुधबार पश्चिमी मधेसअन्तर्गत रुपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८ दशमलव आठ डिग्री सेल्सियस ९देशभरिकै उच्च० तापमान मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

“यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाप पनि बढ्दै गएको छ”, भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा आरिफ अन्सारीले भने, “सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन् ।

उनका अनुसार अधिकांश झाडापखाला, बान्ता, आउँ एलर्जी, अपच, जनिडस, श्वासप्रश्वास र भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । उनले भने, “गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान सुझाव दिने गरेका छौँ ।”

अत्यधिक गर्मी र तातो हावाले वायु प्रदूषण हुने र त्यसले बालबालिका, वृद्धवृद्धालगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पु¥याउने गरेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवाका एशोसिएट प्रोफेसर तथा बालरोग विशेषज्ञ डा नगेन्द्र चौधरीले बताए ।

तराई–मधेस तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रुपन्देहीका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनजस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । यस्तो गर्मीमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन उनको सुझाव छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : ३७ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५