९ श्रावण २०८३, शनिबार | July 26, 2026

उपत्यका नछाड्ने अधिकृतहरुको छानीछानी उपत्यका बाहिर सरुवा, तोकिएको स्थानमा जान गृहमन्त्रीको निर्देशन



काठमाडौं । काठमाडौ उपत्यका छाडेर अन्यत्र जान नमान्ने निजामती कर्मचारीका अधिकृतहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा गरिएको स्थानमा गएर सेवा दिने निर्देशन दिएका छन् । काठमाडों उपत्यका भित्रै घुमीघुमी बसिरहेका २८ जना शाखा अधिकृतको गृह मन्त्रालयले उपत्यका बाहिर सरूवा गरिएसँगै गृहमन्त्री श्रेष्ठले तिनीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर सरुवा गरिएको स्थानमा जान दिर्नेशन दिएका हुन् ।

मन्त्रालयले हालै काठमाडौं उपत्यका लगायत आकर्षक मानिएका कार्यालयमा रहेका २८ शाखा अधिकृतको सरूवा गरेको थियो ।

दुर्गम स्थानमा नगएर सरुवा गरिएका अधिकृतहरु दलका नेताहरु र शक्ति केन्द्र धाउन थालेपछि गृहमन्त्री श्रेष्ठले चासो देखाएको स्रोतको दाबी छ ।

हाल सरुवा निकालिएका कर्मचारीहरू धेरैजसो अध्यागमन, विमानस्थल, कारागार विभाग वा अन्य कतै नभएपनि काठमाडौं उपत्यकामै बसिरहेका मध्यमा पर्दछन् । मन्त्रालयले लामो अध्ययन पछि उपत्यका बाहिर नगएरै जागिर खाईरहेकालाई छानेर बाहिर पठाउको स्रोतले जनाएको छ ।

मन्त्रालयले ती अधिकृतकहरूको रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, पश्चिम नवलपरासी, बाँके, ओखलढुंगा, पर्सा, सिन्धुपाल्चोक, उदयपुर, दोलखा, कपिलवस्तु, प्युठान, सोलुखुम्बु, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङमा सरूवा गरेको छ ।

कार्यकक्षमा उपस्थित कर्मचारीहरुलाई गृहमन्त्री श्रेष्ठले काठमाडौंमा मात्रै बस्न चाहनेको सरूवा बदर नहुने बताए । ‘काठमाडौंमा मात्रै बसेर दुर्गममा जान नचाहने, सरूवा बदर गर्न चाहने, नेताहरू भेट्ने, मन्त्रीहरू भेट्ने गर्न खोज्नुभयो भने त्यो बाटो बन्द भयो। उनले भने ।

संघीय मामिला मन्त्रालयलाई पनि बदर गर्न कोही कर्मचारी आउँछ भने त्यो नगर्न आफुले भनिसकेको श्रेष्ठले ती अधिकृतहरुलाई जानकारी दिएको गहमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ४१ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको