८ कार्तिक २०८३, आइतबार | October 25, 2026

रोजगारी सिर्जना गर्नसके मात्र लागुऔषध नियन्त्रण गर्न सकिने



काठमाडौं । सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ ।

झण्डै ४० प्रतिशत व्यक्तिले बरोगजारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ ।

सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागू औषधको प्रयोग घटनाउन सकिने अध्ययनले देखाएको छ ।

कुल प्रयोगगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन् ।

गृहमन्त्रालय लागूऔषध विभागका प्रमुख उपसचिव झंकनाथ ढकालका अनुसार लागु औषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको गृहमन्त्रालयका लागुऔषध विभाग प्रमुख झंकनाथ ढकालले बताए ।

२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन् । साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ ।

डुलन्ते विक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन् । सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ ।

झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागु औषध सेवन गर्नेहरु रहेका छन् । साथीसँगीको दबाबा कारण लागू औषध प्रयोग गर्नेको संख्या बढी रहेको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन् ।

७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् । यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ ।

मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी÷एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एस.टि.डीको समस्या देखिने गरेको छ । ४७ दशमलव २ प्रतिशत प्रयोगकर्ताहरुले आफ्ना जीवन सुधारका लागि रोजगारी वृद्धि गर्नुपर्ने अपेक्षा राखेका छन् ।

३६ दशलमव ९ प्रतिशतले निःशूल्क उपचार, २२ दशमलव ८ प्रतिशतले सीप विकास तालिमको व्यवस्था, २१ दशमलव १ प्रतिशतले सचेतना कार्यक्रम र १५ प्रतिशतले प्रभावकारी आपूर्ति नियन्त्रण गरे प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन सकिने अपेक्ष उनीहरुले गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ३६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको