१३ असार २०८३, शनिबार | June 27, 2026

चेल्सीको शीर्ष चार सम्भावना थप बलियो



काठमाडौं । शीर्ष चारमा रहेर लिग टुंग्याउने दिशामा चेल्सीलाई अर्को सफलता मिलेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकालेर तेस्रो स्थानमा रहेको चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको हो ।

अवे मैदानमा भएको खेलमा छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट चेल्सीले सुरुवाति अग्रता लियो । क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा विलफ्रेड जाहाले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए । ७१ औँ मिनेटमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने ७२ औँ मिनेटमा क्रिष्टियन बेनटेकले गोल गरे ।

३–२ को जितपछि तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक भएको छ । उ चौथो स्थानको लेस्टर सिटी भन्दा एक अंकले अघि रहेको छ । पराजित भएको क्रिष्टल प्यालेस ३४ खेलबाट ४२ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ३१ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को