४ पुस २०८२, शुक्रबार | December 19, 2025

चेल्सीको शीर्ष चार सम्भावना थप बलियो



काठमाडौं । शीर्ष चारमा रहेर लिग टुंग्याउने दिशामा चेल्सीलाई अर्को सफलता मिलेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकालेर तेस्रो स्थानमा रहेको चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको हो ।

अवे मैदानमा भएको खेलमा छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट चेल्सीले सुरुवाति अग्रता लियो । क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा विलफ्रेड जाहाले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए । ७१ औँ मिनेटमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने ७२ औँ मिनेटमा क्रिष्टियन बेनटेकले गोल गरे ।

३–२ को जितपछि तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक भएको छ । उ चौथो स्थानको लेस्टर सिटी भन्दा एक अंकले अघि रहेको छ । पराजित भएको क्रिष्टल प्यालेस ३४ खेलबाट ४२ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ३१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज