१३ असार २०८३, शनिबार | June 27, 2026

कान्ति माविले मनायो २० औं धान दिवस



बुटवल । बुटवल ४ स्थित कान्ति माविले बुटवलको १६ नरेश्वर टोलमा विद्यालयका विद्यार्थीहरुको सहभागितामा २० औं धान दिवस मनाएको छ ।

विद्यालयले पठनपाठनका अतिरिक्त शिक्षालाई सिपसंग जोड्दै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको विद्यालयका सह प्रधानाध्यापक पूर्ण भ्रद उपाध्यायले बताए ।

कार्यक्रम विद्यालय सह प्राध्यानाध्यापक पूर्ण भ्रद उपाध्यायको अध्यक्षता, बुटवल उपमहानगर पालिका वडा नं १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा , लुम्बिनी प्रदेश कृषि मन्त्रालयका अधिकृत खगराज पौडेल, स्थानीय समाजसेवी चूडामणि पौडेल, नरेश्वर टोल विकास संस्थाका उपाध्यक्ष कोशि सापकोटा, उज्वल यूवा क्लवका सचिव पंकज शर्माको आतिथ्यतामा र विद्यालयका विद्यार्थी तथा स्थानीय बासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन र कृषिलाई व्यवसायीकरण गराउने शिक्षा विद्यालय तहबाट गराउनु पर्ने कुरा कृषि अधिकृत पौडेलले बताए भने वडा न १६ का वडा अध्यक्षले विद्यालयलाई जून सुकै सहयोग कृषिको क्षेत्रमा गर्ने कुरा बताए । व्यवाहारिक सिप र ज्ञानले  विद्यार्थीको पठनपाठन मा प्रत्क्षय प्रभाव पुग्ने हुदा यस्ता कृयाकलापमा विद्यालय अगाडि रहेको अध्यक्ष  पौडेलले बताए ।

कार्यक्रममा विद्यालयका कक्षा ६ का संयोजक नारायण सुवेदीको स्वागत मन्तव्य र अतिरिक्त कृयाकलाप विभाग प्रमुख महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयले प्रत्येक शुक्रबार सह तथा अतिरिक्त कृयाकलापलाई प्रथामिकता साथ सञ्चालन गर्दै आएको छ । संसगै विद्यालयमा तहगत रुपमा चित्रकला प्रतियोगिता पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : १२ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष