५ पुस २०८२, शनिबार | December 20, 2025

नेत्रहिन युवा संघद्धारा संस्थागत कार्यक्षमता अभिवृद्धि कार्यशाला



बुटव । नेत्रहिन युवा संघ नेपाल रुपन्देही को आयोजानमा दुई दिने संस्थागत कार्यक्षमता अभिवृद्धि कार्याशाला गरेको छ । दुई दिन सम्म चलेको कार्याशालाको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्यि अपांग महासंघ नेपालका केन्द्रीय निर्वतनमा अध्यक्ष तथा सहजकर्ता मित्रलाल शर्माले अपांगता भएका व्याक्तिहरुको हक, हितका लागि सबै जनाले एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले अपांगता भएका वर्ग त्यसमा पनि दृष्टिविहिनता भएकै कारण समाजको दृष्टिकोणबाट अपहेलित हुनुपर्ने अवस्था भन्दा पनि जानेको सिपलाई व्यहारमा उतारेर जीवीको पार्जनको बाटोमा अगाडी बढ्नका लागि समेत आग्रह गरे ।

कार्यशालाको समापन कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पोखरेलले सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा विभिन्न प्रकृतिको कार्यक्रम गर्दै आएको बताए । उनले संस्थाको हितका लागि लागिपरेका सदस्यहरुको हितका लागि आफुले जहिले पनि सहयोग गर्दै जाने भन्दै विभिन्न निकाय संगको सहकार्यमा तालिम, सेमिनार, तथा गोष्ठी समेत आयोजना गरी दृष्टिविहिनता भएका व्याक्तिहरुको आयआर्जनका लागि समेत योगदान दिने प्रतिवद्धता समेत जनाए ।

तालिम समापन कार्यक्रममा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेल, अपांगता उत्थान संघका उपाध्यक्ष सुनिल सुवेदी, सहभागी जानकी केवट, महादेव पंगेनी लगायतको बोलेका थिए । दुई दिनसम्म चलेको कार्यशालामा राष्ट्यि अपांग महासंघ नेपालका पुर्व अध्यक्ष मित्रलाल शर्मा, अपांगता उत्थान समाज कपिलवस्तुका व्यवस्थापक तथा राष्ट्यि अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय पुर्व व्यवस्थापक गोमा पन्थीले सहजीकरण गरेको संस्थाका सचिव ऋषिराम विसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : २० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य