६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकाको एक पार्टीमा अन्धाधुन्ध गोली प्रहार, दुईको मृत्यु तथा २८ घाइते



बाल्टिमोर । अमेरिकामा फेरी गोलीबारी चलेको घटना भएको छ । सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए । उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः ३० बजेपछि गोली चलेको बताए।

अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो । अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ, जसमा सात जना घाइते भएका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ३७ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा