४ चैत्र २०८२, बुधबार | March 19, 2026

अर्कै व्यक्तिलाई आफ्नो सन्तान भनेर नागरिकता दिन खोज्ने दम्पत्ती बुटवलबाट पक्राउ, वडाअध्यक्ष समेत संलग्न रहेको आशंका



बुटवल । ईलाका प्रशासन कार्यालय बुटवलले अर्कै व्यक्तिलाई आफ्नै सन्तान भनी नागरिकता दिन खोज्ने एक दम्पत्तीलाई नियन्त्रणमा लिइएको छ ।

आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलले ती दम्पत्तीलाई नियन्त्रणमा लिएको हो ।

बुटवल उपमहानगरपालिका-१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीया सिता कशौधनको दम्पत्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनि विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए ।

नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरुलाई गोप्य सूचनाका आधारमा झुठा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले खबरकुरालार्इं जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लगिएको डिएसपी थापाले बताए । ईलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गर्दा उनीहरुले अर्कैका छोराछोरीलाई आफ्नो भनि नागरिकता दिने प्रयास गरेको भेटिएको प्रतिवेदनसहित ईलाका प्रशासन कार्यालयलाई प्राप्त भएको सुचना अधिकारी ज्ञवालीले बताए ।

उनीहरुलाई झुटा विवरण बनाएर नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतको समेत संलग्नता देखिएको र यसमा आर्थिक चलखेल समेत हुन सक्ने स्रोतले दाबी गरेको छ । अर्कैका छोराछोरीलाई आरोपित रमेश कशौधनको छोराछोरी भनी सिफारिस गर्ने वडा अध्यक्ष बस्नेतलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छैन । वडा अध्यक्ष बस्नेतले उनीहरुको नाता सम्बन्धबारे जानकार हुँदाहुँदै पनि गलत नियत राखेर नागरिकता प्रदान गर्नका लागि झुटा विवरणमा सहयोग गरेको स्रोतको दाबी छ ।

यस विषयमा प्रतिक्रियाका लागि पटक पटक फोन सम्पर्क गर्न खोज्दा वडाअध्यक्ष बस्नेतले भने फोन काटिदिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : २० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन