३ पुस २०८२, बिहिबार | December 19, 2025

संसदीय समितिका सभापति तत्काल चयन गर्न शीर्ष नेता सहमत



काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समिमिका सभापति तत्काल चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । पूर्वसहमतिअनुसार नै चाँडै सभापति चयन गर्न नेताहरु सहमत भएका उनको भनाइ छ ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले मंगलबार शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ११ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको