१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लायन्स क्लब अफ सैनामैना मलमलाको पद हस्तान्तरण सम्पन्न



बुटवल । लायन्स क्लब अफ सैनामैना मलमलाको वर्ष २३/२४ का लागी पद हस्तान्तरण गरिएको छ । सोमबार सैनामैनाको वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न एक कार्यक्रम बीच वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीले २३र२४ का अध्यक्ष विजय काफ्लेलाइ पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२५ पि का पी.एम. जे.एफ. लायन बालाराम भट्टराईले बोल्दै क्लबको ईतिहास त्यति लामो नभए पनि क्लबले छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अझै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको रफ्तार बढाउनुपर्नेमा जोड दिएका थिए । उनले वार्षिक योजनाअनुसार क्लबलाइ अगाडी बढाउँदै रचनात्मक कामका लागी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि निवर्तमान एरिया चिफ लायन माधव खनाल, २२/२३ का रिजन चेयर पर्सन गुणाखर भण्डारी, २३/२४ का जोन चियर पर्सन बाबुराम खनाल, चार्टर्ड प्रेसिडेन्ट लायन कृष्ण प्रसाद शर्मा, आई पी पी सरोज पन्थ, घनश्याम पाण्डे, लायन्स सैनामैना बोलबमकी अध्यक्ष सुशीला पन्थ, क्लबका सल्लाहाकार लेखनाथ गैरे, सैनामैना स्टारका चार्टर प्रेसिडेन्ट कृष्ण ज्ञवाली, २३/२४ का अध्यक्ष शिव पोख्रेल लगायतले बोल्दै धेरै क्लबहरुको बीचमा सैनामैना मलमलाले आफूलाई छुट्टै क्लबको पहिचान दिनेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको विशेष कार्यक्रममा २२/२३ का अध्यक्ष युवराज कार्कीले क्लबलाइ आफनो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई विशेष सम्मान समेत गरिएको थियो । यस्तै नवनिर्वाचित अध्यक्ष विजय काफ्लेले सबैको साथ सहयोग र समर्थनमा नगरस्तरीय विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रम संस्थाका सचिव चन्द्रप्रकाश वनको सञ्चालनमा सम्पन्न भयको थियो भने स्वागत आईपीपी सरोज पन्थको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ०९ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो