१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडायो– एमाले नेता भट्टराई



बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् ।

बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निवाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताए ।

साथै उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने समेत बताए । आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको उनले बताए ।

साथै उनले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनबाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहि जिल्ला अध्यक्ष तेजेन्द्र के।सी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटि सदस्य लेखनाथ खनाल, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा निर्वाचित १०० जना सभापति तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ४७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि