११ श्रावण २०८३, सोमबार | July 27, 2026

सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो



सुर्खेत। सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गम्भीर घाइते बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

विहिबार बिहान १०:३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तारमा छोइदा बसमा करेन्ट लागेको थियो । बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : १३ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत