१७ श्रावण २०८३, आइतबार | August 2, 2026

जिल्लामै उत्कृष्ट बन्यो अक्सफोर्ड मावि,अभिषेक खनाल र दर्शन खनालले ल्याए ३.९५ जिपिए



बुटवल । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७९ को नतिजा सार्वजनिक गरेको छ । जसमा बुटवलबाट अक्सफोर्ड माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकाे छ ।

विद्यालयबाट सम्मिलित १४७ जना विद्यार्थीहरू मध्ये २ जना विद्यार्थीहरू दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् भने माधवी भट्टराई र पुजा बन्जाडे ३.९ जिपिए प्राप्त गरेका छन् । विद्यार्थीको अत्याधिक रोजाइमा पर्न सफल विद्यालय अक्सफोर्डमा ३.६० भन्दा माथि जिपिए ल्याउने ३२ जना ,३.६ सम्म ल्याउने ६४ जना र ३.२ भन्दा माथि ल्याउने ४९ जना रहेका छन ।

रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्ड अहिले पनि जिल्लामै उत्कृष्ट भएको दाबी गरेको छ । नतिजाको समिक्षा गर्दा रूपन्देही जिल्ला शैक्षिक हवको रूपमा परिणत भएता विगतको बर्ष भन्दा यस बर्ष नतिजा त्यति राम्रो नआएता पनि समग्र नतिजाको विश्लेषण गर्दा अक्सफोर्ड नै उत्कृष्ट भएको प्राचार्य दिनेश भुसालले बताए ।

रिजल्ट आएसङ्गै भोलिदेखि भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरूको चाप बढेको हुदा २-३ दिनमै भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गरे । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : २२ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको