२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण



बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले आफ्ना सदस्य व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण गरेको छ । एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजनागरी लेखा सम्बन्धि सफ्टवेयर एवं वित्तिय साक्षरताको लागि अभिमुखिकरण गरेको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा एशोसियशनका पूर्व सल्लाहकार गुणनिधी भण्डारीले प्रशिक्षणले सदस्य व्यवसायीहरुलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भनाई राखे । उनले लेखा विधि नजानेका कारण भईरहेका आर्थिक लसलाई सुधार गर्न सहयोग पुग्ने बताउँदै सदस्यहरुको जिम्मेवारी बोध गर्नेगरी संघले नै अडिटरको व्यवस्था गर्न सुझाव दिए ।

हिसाब किताब सहि ढंगले राख्न नजानेकै कारण कतिवेला थुनिनु पर्ने हो भन्ने चिन्ता व्यवसायीमा रहेको बताउँदै अध्यक्ष भण्डारीले बैंकको चर्को व्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको र व्यवसायीलाई साथिको रुपमा लिएर व्यबहार गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।

त्यस्तै एशोसियशनका अध्यक्ष हिमाल गैरेले व्यवसायिहरुको हितको लागि व्यवसायी तथा प्रतिष्ठानमा कामगर्ने कर्मचारीलाई सक्षम बनाउनको लागि कार्यक्रम गरिएको बताए । व्यवसायीले हिसाब किताव राख्न नजानेका कारण व्यवसायमा धेरै समस्या आउने गरेको र व्यवासायीहरुले राखेको लेखाको सफ्टवेयर पनि सञ्चालन गर्ने कुरामा कतिपय व्यवसायीलाई समस्या भएका कारण यी सबै कुरा समेट्नेगरी कार्यक्रम गरिएको उनले जानकारी गराए । एशोसियशनले वार्षिक कार्ययोजना बनायर ब्यवसायिको हकहित र ब्यवसायिक क्षेत्रमा देखियका समस्स्या समाधान गर्ने गरि काम गर्दै आइरहेको उनले बताए ।

एक दिनको प्रशिक्षण कार्यक्रममा एकाउण्ट सफ्टवेर स्वस्तिकका पिताम्बर ज्ञवाली, बि.जि.का सुदिप खरेल र माछापुच्छ्रे बैकका मनबहादुर गुरुङले प्रशिक्षण गरेका थिए । कार्यक्रम एशोसियशनका द्वित्तिय उपाध्यक्ष गोपालप्रसाद बस्यालको स्वागत तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा भएको थियो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनमा ३ सय व्यवसायी आबद्द छन् ।

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ५६ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ