१ असार २०८३, सोमबार | June 15, 2026

व्यापार घाटा १५.२ प्रतिशते कमी, सवारीसाधनको आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ ।

राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।

गत जेठसम्म कुल वस्तु निर्यात २२।७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२।२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६।७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाब्एको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम।एस।विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : ४६ बजे

अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौं । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी

कुरासाओमाथि जर्मनीको ७-१ को शानदार जित, विश्वकपमा सुखद सुरुआत

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको

कमदाको अन्तिम समयको गोलमा जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो

काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न दुवै

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय