५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु, नीति महाधिवेशनको मिति मुख्य अजेन्डा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ । कांग्रेसले एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै, बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।

बैठकमा महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थानसमेत तय गरिने जनाइएको छ ।

गत बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको थियो । कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख छ भएपनि एक वर्षपछि कांग्रेसको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता