२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मेक्सिकोमा श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए



मेक्सिकाे । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयाेग गरे ।

द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

हत्यारा अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिए । उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् । अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एशट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन् । उनका अनुसार हत्या पछि पीडितको शव टुक्रा-टुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकादै बोलाएका थिए । पीडितकी छाेरी मारिया एलिसिया मोन्टील ​​सेरानले बताइन् कि, उसले आफ्नी एक छोरीलाई आफ्नी आमालाई लिएर जान भनेका थिए, ‘मैले तिम्री आमाकाे हत्या गरी झोलामा राखेको छु, आएर लैजाउ ।’

अल्भारोले आफ्नी छोरीको शरीरलाई चक्कु, छेनी र हथौडाले आक्रमण गरेकाे सेरानले बताइन । यसअघि उनले लागूऔषध सेवन गरेका थिए । ती अपराधी प्रति छोरीहरूलाई शारीरिक तथा यौन दुव्र्यवहार गरेको आरोप पनि लगाइएकाे छ । यसैबीच प्रहरीले अनुसन्धानका क्रममा उनको घरमा कालो जादूको वेदी पनि फेला पारेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : १७ बजे

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि